काठमाडौं । सानिमा बैंकले काठमाडौंको सीतापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले शुक्रवार उक्त शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा अध्यक्ष पौडेलले सो शाखाबाट बैंकिङसम्बन्धी सबै सेवा प्रदान गरिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे । बैंकले हालसम्म देशभर १३० शाखा कार्यालय र १२२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।