ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

र्‍याडिसनमा 'फ्रुट सोकीङ्ग' : क्रिसमसका लागि १ क्विन्टल ड्राइ फ्रुटको केक बनाइँदै [फोटो फिचर]

२०७९ कात्तिक, २७  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । र्‍याडिसन होटल काठमाडौं (Radisson Hotel Kathmandu) ले आइतवार 'फ्रुट सोकीङ्ग' कार्यक्रम आयोजना गर्यो । होटलको चौथो तल्लामा रहेको टेरेस गार्डेनमा यो कार्यक्रम तय गरिएको थियो ।

कार्यक्रमका लागि विभिन्न क्षेत्रका महिलाहरूलाई आमन्त्रण गरिएको थियो । होटलका महाप्रबन्धक (General Menager) सुब्रोतो बेनेर्जीले सबै आमन्त्रित पाहुनालाई स्वागत गरेपछि कार्यक्रम शुरू भएको थियो।

त्यसपछि होटलका एक्जिक्युटिभ सेफ सनुल कृष्ण कविराज ठाकुरले फ्रुट सोकीङ्ग कार्यक्रमको बारे जानकारी दिए । उनले होटलले वर्षौदेखि विभिन्न किसिमका ड्राइ फ्रुट, मसला, जडिबुटी र पेयपदार्थको प्रयोग गरेर क्रिसमस (Christmas Day) का लागि केक बनाउँदै आएको बताए ।

क्रिसमसको लागी तयार पारिने केकको सामाग्री कम्तिमा तीन महिना अघिदेखि मिश्रण गरेर राख्नु पर्ने चलन छ । तर त्यो सम्भव नभए कम्तिमा एक महीनाअघिदेखि सामाग्री मिश्रण गरेर राख्नुपर्ने भनाइ छ ।

र्‍याडिसनले क्रिसमसका लागि तयार पार्न लागेको केक करीब १ क्विन्टल ड्राइ फ्रुट र मसलाहरू मिसाएर बनाउन लागिएको होटलले जानकारी दिएको छ ।

सबै फोटोहरू : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)