काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले लमजुङको राइनास नगरपालिकामा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बैंकिङ सेवाको आवश्यकतालाई दृष्टिगत गर्दै आफ्नो दोस्रो विस्तारित काउन्टर राइनास नगरपालिका–४ सातबिसे बजारमा सञ्चालनमा ल्याएको हो ।
भोटेवडार शाखाको मातहत रहनेगरी उक्त काउन्टर सञ्चालनमा ल्याइएको बैंकले बताएको छ । यसअघि बैंकले मकवानपुरको रजैयामा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरमार्फत सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य रहेको बैंकले बताएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिट्यान्स लगायतका वित्तीय सेवा छिटो, छरितो रूपमा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।