काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले साेमवार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै प्रबन्धक (म्यानेजर), अफिसर र सहायक (एसिस्टेन्स) पदमा दरखास्त खुलाएकाे हाे ।
म्यानेजर पदमा आवेदन दिनका लागि स्नातक तह उत्तीर्ण र सम्बन्धित क्षेत्रमा ७ वर्षकाे अनुभव भएकाे हुनुपर्नेछ । याे पदमा स्नातकाेत्तर उत्तीर्णलाई ग्राह्यता दिने सूचनामा उल्लेख छ । यस्तै, अफिसर पदमा आवेदन दिनका लागि स्नातक तह उत्तीर्ण गरी ५ वर्षकाे अनुभव मागिएकाे छ । सहायक पदमा आवेदन दिन चाहनेकाे भने प्लस टु (कक्षा १२) उत्तीर्ण हुनुपर्नेछ । उक्त पदमा स्थानीय उम्मेदवारलाई ग्राह्ययता दिइने सूचनामा उल्लेख छ । साथै आवेदक ३० वर्षभन्दा मुनिकाे हुनुपर्ने उल्लेख छ ।
सूचनामा मुख्य कार्यालय र क्षेत्रीय कार्यालयहरू (नेपालगन्ज, पाेखरा, वीरगञ्ज, विराटनगर, ललितपुर र भैरहवा) का लागि कर्मचारी माग गरेकाे जनाइएकाे छ । तर, माग गरिएका कर्मचारीकाे संख्या खुलाइएकाे छैन ।
याेग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको इमेल आईडीमा दरखास्त दिन सक्नेछन् ।
हेर्नुस् सूचना