काठमाडौं । कीर्तिपुर र चन्द्रागिरी नगरपालिकालाई जोड्ने बल्खु खोलामा एउटा ऐतिहासिक पुल निर्माण भएको छ । पृथ्वीनारायण शाहले काठमाडौँ कब्जा गर्न आउँदा चन्द्रागिरी दहचोक हुँदै यही बाटो प्रयोग गरेर कीर्तिपुर आएका थिए ।
पुल जति ऐतिहासिक छ, त्योभन्दा बढी पर्यटकिय दृष्टिकोणले सुन्दर र रमणीय पनि छ । यहाँबाट हिमाल पहाड र काठमाडौं उपत्यकाको शहरी वस्ती एकसाथ हेर्न सकिन्छ । त्यति मात्र नभएर कुहिरोले ढाकेको समयमा यो पुलमा जानेहरू आकासमा भएको अनुभूति गर्छन् ।
अहिले यो झोलुङ्गे पुल पर्यटकको लागि आकर्षणको केन्द्र नै भएको छ। सडक विस्तारसँगै पक्की पुल बनेपछि यो पुलमा यात्रु कमै हिँड्छन्। तर यो पुलसँग रमाउँदै राजधानीको दृश्य हेर्नेको घुइँचो यहाँ थामिनसक्नु हुन्छ। खोँचभन्दा धेरैमाथि बनेकाले यो पुल हेर्दै घुम्नेको संख्या बढ्दै गएको छ।
बिदा र शनिबारको दिन यहाँ घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने स्थानीहरू बताउँछन् ।
यहाँ आउनेको मन भुलाउन पुल नजिकै सानो पार्क पनि बनाइएको छ। दुवै पट्टि साना ठूला होटल र रेस्टुरेन्टले पर्यटकलाई सेवा दिइरहेका छन् ।
१ वर्ष अघि पाँगा कीर्तिपुर फेसबुक पेजमा राखिएको फोटोमा अहिलेको फोटो जोड्दा
तीनथाना बाट आउने बाटो सडक र पार्किङ अभाव व्यबस्थित हुन सकेको छैन । यो रमणीय ठाँउ आन्तरिक पर्यटकका लागि राजधानी नजिकैको गतिलो गन्तब्य हुन थालेको छ ।
३ वर्ष अघि बादलभित्र लुकेको सोही झुलङ्गे पुलमा रमाउँदै स्थानीय पर्यटक
फोटो : सुनिल शर्मा / आर्थिक अभियान