काठमाडौं । एनएमबि बैंक लिमिटेडबाट आईपीओ भर्दा आस्बा शुल्क नलाग्ने भएको छ । अबदेखि आफ्ना सम्पूर्ण ग्राहकले आईपीओ निःशुल्क भर्न सक्ने कम्पनीले बताएको छ । एनएमबिसँगै आस्बा सेवा निःशुल्क गर्ने कम्पनीको संख्या आठ पुगेको छ । यसअघि सानिमा बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र नेपाल बैंकले पनि सी–आस्बा सेवा निःशुल्क गर्दै आएका थिए । पछिल्लो समय थोरै संख्यामा शेयर जारी हुने र ठूलो संख्यामा आवेदन पर्ने भएकाले आवेदन नपर्ने ग्राहकले समेत बैंक तथा वित्तीय संस्थालाई प्रत्येकपटक सेवा शुल्क भुक्तानी गरिरहनुपरेको गुनासो बढेको थियो ।