काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारीहरूबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । बैंकको ८६औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखाका कर्मचारीबीच गरिएको मैत्रीपूर्ण प्रतियोगिता सम्पन्न भएको हो ।
बैंक आउँदो बुधवार ८६औं वर्षमा प्रवेश गर्दै छ । सोही अवसरमा गत शुक्रवार र शनिवार कर्मचारीमैत्री ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रूपा महर्जन प्रथम भएका छन् । त्यस्तै पुरुष डबलतर्फ बाबुरत्न महर्जन एवं मनोज महर्जनको समूह र महिला डबलतर्फ रूपा महर्जन एवं सविना थापाको समूह प्रथम भएको थियो । यस्तै पुरुष सिंगलतर्फ ध्रुव दाहाल र महिला सिंगलतर्फ सविना थापा द्वितीय भए । पुरुष डबलतर्फ गोविन्द सुवेदी एवं ध्रुव दाहालको समूह र महिला डबलतर्फ वन्दना शर्मा एवं विद्या धितालको समूह द्वितीय भयो ।
कार्यक्रमको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति सदस्य विवेक राणाले गरेका थिए । बैंकले मुलुकभर २२२ शाखा, १९८ एटीएम र ४९ ओटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा पुर्याएको छ ।