काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाका सेवाहरूमा छूट पाउने भएका छन् । बैंकले विभिन्न रेष्टुरेन्ट, आयुर्वेद, श्रृंगार, स्वास्थ्य लगायत क्षेत्रका संस्थाहरूमा आफ्ना ग्राहकलाई छूट उपलब्ध गराउने गरी सम्झौता गरेसँगै ग्राहकले छूट पाउने भएका हुन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले द हिमालयन ग्रील बाइ बाजेकोका सम्पूर्ण सेवामा १५ प्रतिशत छूट पाउने भएका हुन् । त्यस्तै कुन्डलिनी आयुर्वेदका सेवाहरूमा २० प्रतिशत, सुबाकी ब्यूटी स्यालुन एण्ड इन्टरप्राइजेजका सेवामा १० प्रतिशत छूट दिइने भएको छ । ओपुलेन्स एस्थिटिक प्राइभेट लिमिटेडका सेवामा १० प्रतिशत र क्रिस्टल डाइग्नोस्टिक प्राइभेट लिमिटेडको सेवामा २५ प्रतिशतसम्म ग्राहकले छूट पाउने बैंकको भनाइ छ । सो सहकार्यबाट बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।