ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराको बिरौटामा एभरेष्ट बैंकको शाखा सञ्चालन

२०७९ मंसिर, २  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पोखराको बिरौटामा एभरेष्ट बैंकको शाखा सञ्चालनमा आएको छ । यससँगै बैंकको शाखा संख्या १२२ पुगेको छ । बिरौटा शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं अर्थविद् डा. गणेश गुरुङ र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शशांक त्रिपाठी, बैंकका गण्डकी प्रादेशिक–प्रबन्धक सुधीर गौतम तथा बजार विभाग प्रमुख  पुष्पराज उप्रेती लगायतको उपस्थिति थियो ।

अर्थविद् डा गुरुङले भारतको पञ्जाब नेशनल बैंकसँग सहकार्य रहेको एभरेष्ट बैंकबाट भारतमा रहने नेपालीलाई कारोबार गर्न थप सहज भएको बताए ।

बैंकले ल्याउने प्याकेजले सरकारको राजस्व संकलन र समग्र आर्थिक क्षेत्रको सुधारमा टेवा पुग्ने अपेक्षा उनले गरे । नयाँ शाखाले पोखरा क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरूका साथै स्थानीयलाई कारोबारमा थप सहज हुने उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)