काठमाडौं । सिभिल बैंकले विभिन्न कार्यक्रमसहित आफ्नो १२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गतसहितका विभिन्न १२ कार्यक्रम गरेर १२औं वार्षिकोत्सव सम्पन्न गरेको हो । बैंकले ‘गो क्यासलेस’ कार्यक्रमअन्तर्गत नगदरहित कारोबारलाई प्राथमिकता दिन विभिन्न रुटमा चल्ने टेम्पोहरूमा क्यूआर कोडमार्फत भुक्तानीको व्यवस्था गरेको छ । त्यस्तै जावलाखेल शाखामा ‘प्रायोरिटी बैंकिङ सेवा’ सञ्चालनमा ल्याएको छ । साथै पाँचथरको याङ्वरक शाखामा एटीएम सेवाको शुरुआत गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, जेहेनदार छात्रालाई छात्रवृत्ति लगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यस्तै वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम, कार्तिक नाच र नेपाल बाल संगठनलाई आर्थिक सहयोगलगायत कार्यक्रम गरेको छ ।