काठमाडौं । मुक्तिनाथ विकास बैंक र कफी सोलुसन प्रालिबीच सम्झौता गरिएको छ । काठमाडौंको पुतलीसडकमा रहेको कफी सोलुसन र बैंकबीच कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिलाई व्यावसायिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता गरिएको हो ।
सम्झौताअनुसार कफी सोलुसनले कफीसम्बन्धी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिलाई तालीम दिएर सशुल्क कफी मेशिन उपलब्ध गराउनेछ । बैंकले व्यवसायीलाई कफी मेशिनको लागतको ५० प्रतिशतसम्म कर्जा विनाधितो उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । ऋण लिएर व्यवसाय शुरू गरी त्यही व्यवसायबाट हुने आम्दानीबाट व्यवसायीले बैंकलाई मासिक किस्ता तिर्न सक्नेछन् । सो सहकार्यबाट साना उद्यमी व्यवसायीको दैनिक जीविकोपार्जनमा सहयोग पुग्ने बैंकको भनाइ छ ।