काठमाडौं । सानिमा बैंकले मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेको छ । सेवा लिन ग्राहकले बैंकको वेबसाइटमा गएर प्रक्रियाअनुसार आवश्यक विवरण भर्नुपर्नेछ । अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढीमा ९५ प्रतिशत वा अधिकतम रू. ५ लाखमध्ये कम हुने रकम तुरुन्तै प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।
हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव ५१ प्रतिशत, मुद्दतीमा १२ दशमलव १३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १० दशमलव १३ प्रतिशत र बचत खाताहरूमा ९ दशमलव १३ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।