ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा

२०७९ मंसिर, १२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा शुरू गरेको छ । बैंकले जुम्लाको चन्दननाथ नपा–५ मा सञ्चालित जुम्ला शाखा कार्यालय आइतवारदेखि आफ्नै भवनबाट चलाउन थालेको हो । यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सबै बंैकिङ सेवा दिइने बैंकले जानकारी दिएको छ ।

साथै साना तथा कर्पोरेट व्यवसायीहरूबीच वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखिएको बैंकको भनाइ छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायत वित्तीय सेवाहरू छिटोछरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । कर्णाली प्रदेशमा बैंकले ९ ओटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)