ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता

२०७९ मंसिर, १३  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल पेमेन्ट कारोबारसम्बन्धी सम्झौता गरिएको छ । ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउन दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरीद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले हस्ताक्षर गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)