काठमाडौं । लक्ष्मी बैंकले संखुवासभाको गोलाबजारमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । जिल्लाको भोटखोला गाउँपालिका–४ गोलाबजारमा बैंकले सोमवारदेखि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको एक्स्टेन्सन काउन्टर तथा शाखा संख्या १४३ पुगेको छ । यस्तै बैंकले पाँच हस्पिटल सेवा काउन्टर र १७९ एटीएममार्फत सेवा दिँदै आएको छ । साथै २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टमार्फत वित्तीय सेवा प्रवाह गरिँदै आएको बैंकले जानकारी दिएको छ ।