ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंकको शाखा

२०७९ मंसिर, १६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंकको शाखा सञ्चालनमा आएको छ । ग्राहकलाई अत्याधुनिक र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले लालबन्दीमा शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा संख्या १२३ पुगेको छ । लालबन्दी शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् ।

उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष  दीपेन्द्रकुमार बलमपाकी, लालबन्दी नगरपालिका–६ का वडाध्यक्ष लालबहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक  मोती लाल टटेर, बैंकका मधेश प्रादेशिक प्रबन्धक विभूति न्यौपाने, बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख  पुष्पराज उप्रेतीलगायतको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले लालबन्दी र  आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)