ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंकले पायो भारतको एक्जिम बैंकको ट्याप सदस्यता

२०७९ मंसिर, १९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक)को व्यापार सहायता कार्यक्रम (ट्याप)को सदस्यता पाएको छ ।  भारतको एक्जिम बैंकबाट उक्त सुविधा पाउने नबिल नेपालको पहिलो बैंक रहेको दाबी गरिएको छ ।

एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिललाई व्यापार सहायता अन्तर्गत सदस्यता प्रदान गरेको हो । यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापार सहज बनाउने, आर्थिक संलग्नता सुदृढ गर्ने र आयात निर्यातलाई सहजीकरण गर्ने विश्वास बैंकले लिएको छ । यो सुविधाअन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी गर्नेछ ।

बैंकले पाएको सदस्यताले वैदेशिक व्यापारको जोखिम न्यूनीकरण, पहुँच वृद्धि र वित्तीय संस्थाहरूको क्षमता प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यस्तै सीमापार व्यापारसम्बन्धी कारोबारहरू सहज हुने बैंकले बताएको छ । एक्जिम बैंक आयात निर्यात वित्तपोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने भारत सरकारको मुख्य वित्तीय संस्था हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)