काठमाडौं । कामना सेवा विकास बैंकले रूपन्देहीको तिलोत्तमामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले तिलोत्तमा–३ मा शाखारहित बैंकिङ सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको शाखारहित बैंकिङ इकाइको संख्या २६ पुगेको बैंकले जानकारी दिएको छ । तिलोत्तमा–३ स्थित न्यू पाल्पाली जनरल स्टोर्सका सञ्चालक मुना घिमिरेलाई शाखारहित बैंक सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । बैंक सञ्चालक भीमप्रसाद तुलाचन र वडा नम्बर ३ का अध्यक्ष कल्याणप्रसाद पौडेलले संयुक्त रूपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।