ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

२०७९ मंसिर, १९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थाहरूलाई सहयोग गरेको छ । बैंकको थापाथली शाखाले काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल दृष्टिविहीन कल्याण संघमा अध्ययनरत  बालबालिकाका लागि ब्रेल पुस्तक तयार गर्न १ हजार ८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ ।

संघले दृष्टिविहीन भएकाहरूको संरक्षणसहित उनीहरूको स्वास्थ्य र शिक्षामा सघाउँदै आएको छ । उक्त संस्थामा अध्ययनरत बालबालिकाको शिक्षामा थप टेवा पुर्‍याउने उद्देश्यले बैंकले सहयोग गरेको हो । त्यस्तै बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पञ्चमुखी गणेश मूर्ति स्थापनाका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । धार्मिक एवं पर्यटकीय क्षेत्र विकासमा थप टेवा पुर्‍याउन उक्त आर्थिक सहयोग गरिएको बैंकले बताएको छ ।

त्यस्तै बैंकको ठुटिपिपल शाखाले रूपन्देहीको ओमसत्तिया गाउँपालिका–१ मा रहेको गंगा विशुन आधारभूत विद्यालयलाई पिङलगायत सामग्री प्रदान गरेको छ । बालबालिकाको मनोरञ्जनात्मक क्रियाकलापका लागि उक्त सामग्री हस्तान्तरण गरिएको बैंकको भनाइ छ ।

त्यसैगरी बैंकको रुकुम शाखाले जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)लाई मिटिङ टेबुल हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बैंकले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)