ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘जेनेरेशन सानिमा सेभिङ’ खाता सञ्चालन

२०७९ मंसिर, २१  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंकले ‘जेनेरेशन सानिमा सेभिङ’  खाता सञ्चालनमा ल्याएको छ । बैंकले १८औं वार्षिकोत्सवको अवसरमा १८ सुविधासहितको उक्त खाता सञ्चालनमा ल्याएको हो । १८ वर्षभन्दा माथिका युवालाई लक्षित गर्दै उक्त बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, ई–कम कार्ड (पहिलो टपअप नि:शुल्क), डिम्याट खाता र मेरो शेयर नि:शुल्क जारी गरिने बैंकको भनाइ छ ।

बैंकले ‘भेरिफाइड बाई भिसा’ दर्ता नि:शुल्क, सीआस्बा आवेदन नि:शुल्क, देशभरिका भिसा नेटवर्क एटीएममा मासिक तीनपटक रकम नि:शुल्क झिक्न सकिने लगायत सुविधा दिनेछ ।

त्यस्तै नि:शुल्क ई–स्टेटमेन्ट, विदेशी मुद्रा सटहीमा शून्य दशमलव १० पैसा प्रिमियम/छूट, शैक्षिक कर्जा र अन्य कर्जाहरूको सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छूट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छूट, स्विफ्ट तथा डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छूट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छूट दिइने बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)