काठमाडौं । सानिमा बैंकले १८औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ । बैंकले एफवान सफ्टसँगको सहकार्यमा उक्त योजना ल्याएको हो । बैंकले आज (बुधवार) १८औं वार्षिकोत्सव बनाउँदै छ ।
उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर पाउने बैंकले जानकारी दिएको छ । भ्रमणमा सहभागी हुन ग्राहकले मोबाइल बैंकिङबाट विभिन्न ५ ओटा कारोबार गर्नुपर्नेछ । यस्तै रू. २०० भन्दा बढीको कारोबार हुनुपर्ने र कम्तीमा एउटा टपअप समावेश हुनुपर्नेछ ।
मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्यूआर पेमेन्ट, युटिलिटी पेमेन्टलगायत कारोबार गर्न सकिनेछ । आज (बुधवार)देखि शुरू भएको यो योजना पुस ९ गतेसम्म लागू हुनेछ ।