काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले कनिष्ठ अधिकृत पदका लागि केही, सुपरभाईजर पदका लागि केही, वरिष्ठ सहायक पदका लागि केही, सहायक पदका लागि केही, कनिष्ठ सहायक पदका लागि केही र प्रशिक्षार्थी कनिष्ठ सहायक पदका लागि केही कर्मचारी माग गरेको छ ।
कम्पनीले कनिष्ठ अधिकृत पदका लागि स्नातक/प्लस टू वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने र सुपरभाईजर देखि कनिष्ठ सहायक सम्मको पदका लागि प्लस टु वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने र प्रशिक्षार्थी पदका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण हुनुपर्ने जनाएको छ ।
कम्पनीका अनुसार उमेरहदमा आवेदन बुझाउने अन्तिम मितिसम्म सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ ननाघेको र अधिकृत तहमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको तर महिला आवेदकको हकमा ५ वर्ष थप हुने जनाइएको छ ।
इच्छुक तथा अनुभवी आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र कम्पनीको ईमेल ठेगाना वा कम्पनीको केन्द्रीय कार्यालय पनौती नगरपालिका -४ काभ्रेपलाञ्चोकमा बुझाउन सकिनेछ ।