ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोनाल्डो नखेल्दा पोर्चुगलले झन धेरै गोल गर्नुको अर्थ : के उनीविनै पोर्चुगलले उपाधी जित्ला ?

२०७९ मंसिर, २१  
अन्तरराष्ट्रिय विश्वकप विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । कतार विश्वकपमा गए राति पोर्चुगल र स्वीटजरल्यान्डबीचको खेलमा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले स्टार खेलाडी क्रिष्चियानो रोनाल्डोलाई मैदानमा नउतार्ने अड्कलबाजी गरिएको थियो । अपेक्षाअनुसार नै उनले रोनाल्डोलाई मैदानमा उतारेनन् । खेल सकिनै लाग्दा ७२ औं मिनेटमा मात्रै उनलाई मैदानमा बोलाइयो । रोनाल्डोविना नै पोर्चुगलले स्वीटजरल्यान्ड विरुद्ध ५ गोल गरिसकेको थियो । 

रोनाल्डो मैदानमा आएपछि पोर्चुगलको खातामा एक गोल थपियो । तर यो गोल ७ नम्बर जर्सीधारी रोनाल्डोले गरेका होइनन् । उनले बललाई जाली चुमाएपनि त्यसलाई रेफ्रीले अफसाइडको संज्ञा दिए । सान्तोसले रोनाल्डोका ठाउँमा गोन्कालो रामोसलाई मैदानमा पठाएका थिए । रामोसको ह्याट्रिकको साथमा पोर्चुगल विश्वकपको अन्तिम ८ मा प्रवेश गर्यो । सारा टोलीको संगठित आक्रमणका कारण पोर्चुगलले विपक्षी टोलीलाई एक मात्रै गोल गर्ने अवसर दियो । 

मंगलवार रातिको खेलले पोर्चुगलको रोनाल्डोमाथिको निर्भरता समाप्त भएको हो त ? भन्ने प्रश्न उब्जाएको छ । रोनाल्डो फुटबल इतिहासको उत्कृष्ट खेलाडीमध्ये एक हुन् । यो विश्वकपमा रोनाल्डो खासै चम्किन सकेका छैनन् । विपक्षी टिमका लागि उनी जत्तिको घातक थिए, त्यति हुन सकेका छैनन् । स्वीटजरल्यान्ड विरुद्ध रोनाल्डो मैदानमा नहुँदा पनि पोर्चुगल शुरुदेखि अन्त्यसम्मै हाबी भयो । आक्रमणमा थप ठाउँ पायो अनि रक्षापंत्तिमा पनि उत्तिकै मजबूत देखियो । 

सान्तोसले दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेलमा पनि ६५ औं मिनेटमा रोनाल्डोलाई मैदानबाट फिर्ता बोलाएका थिए । मैदानबाट बाहिरिनु पर्दाको कुन्ठा उनको मुहारमा स्पष्ट झल्किन्थ्यो । सान्तोसले रोनाल्डोको रवैयाप्रति असहजता पनि व्यक्त गरेका थिए । कोरियाली खेलाडीसँग विवाद गरेको देखेपछि आफूले रोनाल्डोलाई फिर्ता बोलाएको सान्तोसले सोमवार बताएका थिए । 

सान्तोसले रोनाल्डोको चित्त नदुखाउन टिमलाई हार्न दिनुको सट्टा उनी बेगर नै विश्वकप जित्ने अठोट गरेका त होइनन् भन्ने पनि अड्कलबाजी शुरू भएका छन् ।रोनाल्डोको अहंकार सहेर पोर्चुगलले कतार विश्वकप जित्छ भन्ने आशा गर्नु बेकार छ ।

यो विश्वकप शुरु हुँदै गर्दा रोनाल्डो बेरोजगार भएका थिए । अहिले उनी क्लबहिन छन् । रोनाल्डोलाई पोर्चुगलको आवश्यकता भन्दा पनि विश्वकपमा अगाडि बढ्न पोर्चुगललाई रोनाल्डोमाथिको निर्भरता धेरै भएको अड्कलबाजी भएको थियो । सान्तोसले रोनाल्डोको चित्त नदुखाउन टिमलाई हार्न दिनुको सट्टा उनी बेगर नै विश्वकप जित्ने अठोट गरेका त होइनन् भन्ने पनि अड्कलबाजी शुरू भएका छन् ।

रोनाल्डोको अहंकार सहेर पोर्चुगलले कतार विश्वकप जित्छ भन्ने आशा गर्नु बेकार छ । दक्षिण कोरियासँगको खेलमा मैदानबाट फिर्ता बोलाएपछिको रोनाल्डोको रवैयाका कारण सान्तोस स्वीटजरल्यान्डविरुद्धको खेलमा उनलाई बेञ्चमै राख्न प्रेरित भए । 

यो विश्वकपमा घाना विरुद्धको खेलमा एक गोल गर्नु बाहेक रोनाल्डोले गोल थप्न सकेका छैनन् । दक्षिण कोरिया विरुद्धको खेलमा रोनाल्डोले पाएका केही अवसर उनले सदुपयोग गर्न सकेनन् । घाना विरुद्ध पहिलो गोल गर्दा पेनाल्टीलाई गोलमा कन्भर्ट गर्न उनको योगदान रहेपनि यस पटक उनी आशा गरे अनुसार चम्कन सकेका छैनन् । दुःखको कुरा आफू बिनाको टोलीको जितबाट पनि उनी सन्तुष्ट छैनन । आफ्ना साथी टिममेटको जितले उनलाई खुसी पारेन् । हरेक जित उनलाई आफ्नो नाममा लेखाउनु थियो । स्वीटजरल्यान्डलाई पोर्चुगलले ६–१ फराकिलो अन्तरले हराउनुको पछाडि उनी मैदानमा नहुँदा अन्य खेलाडीहरु स्वतन्त्र र रमाइलोका साथ खेल्नु पनि हो । 

रोनाल्डो नहुँदा खेलाडीहरुमाथि दबाब पनि भएन । उनको अहंकारमा दबिनु पनि परेन । उनीहरु आफैं स्टार थिए, आफूलाई प्रमाणित गर्न सबै ब्यग्र थिए । स्वीटजरल्यान्ड विरुद्धको खेलमा पोर्चुगलले जस्तो आक्रामक खेल्यो रोनाल्डो शुरु देखि मैदानमा भएको भए यो देख्न पाइदैंनथ्यो । पोर्चुगलको टोली रोनाल्डोमाथि निर्भर नभइकन पनि खेल जित्न सक्छ भन्ने कुरा सायद सान्तोसले समयमै भेउ पाए । अघिल्लो रात नै ब्राजिलले यो विश्वकप सहज हुने छैन भनेर पूष्टि गरिसकेको थियो । 

पोर्चुगलको स्वीस टिमविरुद्धको प्रदर्शन पनि ब्राजिलको भन्दा कम थिएन । तर, रोनाल्डो मैदानमा उत्रिएका भए टिमले सोही स्तरमा खेल्न सक्थ्यो कि सक्थेन भन्ने पनि प्रश्न उब्जिएको छ । रोनाल्डोले पनि धेरै पहिला नै आफ्नो नयाँ भूमिकालाई स्वीकार गर्नुु पर्थ्यो । उत्कृष्ट खेलाडी भएकोले उनले अझै पनि बेञ्च वा ड्रेसिङ कोठामा आफ्नो प्रभाव छाड्न सक्छन् । तर सेमी–फाइनल र फाइनल जस्तो कडा टक्कर हुने खेल उनकै कारण पोर्चुगलले गुमाएको नत उनका समर्थकले हेर्न सक्छन् नत पोर्चुगलका समर्थकले  नै । 

पोर्चुगलको स्वीस टिमविरुद्धको प्रदर्शन पनि ब्राजिलको भन्दा कम थिएन । तर, रोनाल्डो मैदानमा उत्रिएका भए टिमले सोही स्तरमा खेल्न सक्थ्यो कि सक्थेन भन्ने पनि प्रश्न उब्जिएको छ । रोनाल्डोले पनि धेरै पहिला नै आफ्नो नयाँ भूमिकालाई स्वीकार गर्नुु पर्थ्यो ।

उनले आफ्नो रवैया फेर्ने हो भने अझै पनि चम्किने ठाउँ छ । पोर्चुगलले रोनाल्डो बिना पनि विश्वकप जित्न सक्छ भन्ने छनक देखाइसकेको छ । अहिलेको एक मात्रै प्रश्न चाँहि रोनाल्डो यो कुरा स्वीकार गर्न तयार छन् कि छैनन् भन्ने हो । आशा गरौं उनी यो कुरा स्वीकार गर्न तयार हुनेछन् । देशका लागि सर्वाधिक गोल गर्ने, विश्वकपको पाँच ओटा संस्करणमा गोल गर्ने, युरोपका सबै जसो ठूला क्लबमा खेलेर गोल गर्ने, ५ पटक फिफा वर्ष खेलाडीको उपाधी जित्नेलगायत रोनाल्डोले दर्जनौ कीर्तिमान बनाएका छन् । युरोकप र नेशन लिगको उपाधी पनि जितिसकेका रोनाल्डोले जित्न बाँकी एउटा मात्रै उपाधी छ - त्यो हो विश्वकप ।

उनी जसरी पनि आफ्नो करियरमा एकपटक विश्वकपको उपाधी उचाल्न चाहन्छन् । त्यसमा उनको पनि योगदान रहोस भन्ने चाहन्छन् । उनी बिनै पोर्चुगलले झन राम्रो खेल्छ भने त्यसमा उनले चित्त दुखाउनु हुँदैन । बरू आफ्ना टिम मेटको हौसला बढाउन सहयोग गर्नुपर्छ । त्यति गर्दा पनि पोर्चुगलले उपाधी उचाल्न सकेन भने उनको जीवनमा एउटा कुरा त पक्कै खट्किने छ । तर उनले कम्तिमा विश्वको उत्कृष्ट खेलाडीका रुपमा विश्व भरीका समर्थकबाट पाएको माया र श्रद्धाभाव भने पक्कै गुमाउने  छैनन् । एजेन्सीहरुको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)