ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कतार विश्वकपमा गोल्डेन बलका ३ दावेदार : मेसी, एमबाप्पे र मोड्रिकमध्ये कसको सम्भावना बढी ?

२०७९ पौष, ३  
अन्तरराष्ट्रिय विश्वकप विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । हरेक फिफा विश्वकपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई गोल्डेन बल दिइन्छ । यो विश्वकपमा गोल्डेन बलको दौडमा लियोनल मेसी, काइलियान एमबाप्पे, लुका मोड्रिक र अन्य केही खेलाडीहरू छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यो उपाधीले सम्मानित गरिन्छ ।

विश्वको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको सम्भावना अझै पनि खुला छ । जर्मनी समूह चरणबाटै बाहिरिसकेको छ । स्पेन अन्तिम १६ मा मोरक्कोसँग स्तब्ध भयो ।

ब्राजिल पनि नेमारको रुवाईसँगै बिदा भइसक्यो । गत वर्षको रनर अप क्रोएशिया तेस्रो स्थानमा चित्त बुझायो । क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई घर फर्काएको मोरक्को पनि चौथो स्थानमा सीमित भयो । अन्तिम चारमा अर्जेन्टिना, क्रोएशिया, मोरक्को र फ्रान्सले स्थान बनाएका थिए ।

अर्जेन्टिनाले क्रोएशियालाई ३–० ले हरायो भने फ्रान्सले मोरक्कोलाई २–० ले । फाइनलमा ट्रफी जुन टिमले जिते पनि गोल्डेन बुटको उपाधि मेसी वा एमबाप्पे दुई जनामध्ये एकले उचाल्ने सम्भावना बलियो छ । यसबाहेक पनि अन्य केही खेलाडी पनि यो दौडमा छन् ।

इतिहास कोर्ने मेसीको विश्वकप 
हेर्दा, सुन्दा  दन्त्य कथा जस्तै लाग्छ  । आफ्नो युगको महान खेलाडी लियोनल मेसी आइतवार आफ्नो अन्तरराष्ट्रिय फुटबलको करियरको सबैभन्दा महत्वपूर्ण ट्रफी चुम्ने योजनामा छन् । त्यति धेरै अवार्ड र रेकर्ड बनाइसकेका व्यक्तिको लागि पनि विश्वकप पूरा गर्नै पर्ने सुन्दर सपना बनेको छ यति बेला । कतारमा मसीको प्रदर्शन लोभ लाग्दो छ । अर्जेन्टिनालाई फाइनलसम्म ल्याउन मेसीको ठूलो योगदान छ । आफ्नो टिमलाई खाँचो परेको बेलामा गोलै गरेर होस् वा पेनाल्टीलाई गोलमा परिणत गरे होस् या गोलमा सघाएर होस् मेसीले जित सुनिश्चित गराएका छन् । 

समूह चरणको शुरुको खेलमा अर्जेन्टिना साउदी अरबसँग स्तब्ध होला भनेर कसैले सोचेका थिएनन् । दोस्रो खेलमा मेक्सिको विरुद्ध जितबाहेक जे खेलेको भएपनि टिम बाहिरिने पक्का थियो । तर टिमलाई चाहिएको बेलामा मेसीले करामत देखाए । पोल्यान्डसँगको अन्तिम भिडन्तमा पनि दुबै गोलमा मेसीको योगदान रह्यो । एउटा गोल उनी आफैंले गरे, अर्कोमा सघाए । जसरी भएपनि मेसीले टिमलाई अन्तिम १६ मा पुर्‍याए। कतारमा हरेक पटक मेसी मैदानमा उत्रिदा हामीले केही न केही विशेष देख्न पायौं । टिमलाई छैठौं पटक विश्वकप फाइनलमा पुर्याउन ३–०को अग्रताले सघायो ।

आफ्नो नाम मेसीले इतिहासको किताबमा लेखाइसकेका छन् । आफ्नो देशका लागि खेलेको खेलमा उनले स्वर्गिय डिएगो म्याराडोनालाई उछिनिसकेका छन् । पाँच ओट विश्वकपमा गोल गरेको रेकर्ड बनाइसके । डिसेम्बर १३ मा क्रोएशिया विरुद्धको खेल विश्वकपमा उनको २५ औं खेल थियो । यो लोथर म्याथियसको रेकर्ड बराबरी हो । सेमी फाइनलमा उनले अर्जेन्टिनाका लागि विश्वकपमा आफ्नो ११ औं गोल गरेर ग्याब्रिएल बातिस्तुतालाई उछिनेका छन् ।

अहिलेसम्म अर्जेन्टिनी टिमका लागि मेसी अहम रहे । अर्जेन्टिनाले विश्वकप नै नजितेपनि मेसीले गोल्डेन बल जित्ने सम्भावना छ । यस अघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितीसकेका छन् । तर हारेर गोल्डन बल जित्नुभन्दा गोल्डन बल नै नजिती विश्वकपको उपाधी चुम्न चाहन्छन् मेसी । अन्तिम पटक नै भएपनि उपाधी चुम्ने उनको सपना पूरा होस् । कतार विश्वकपमा ५ गोल गरेका मेसीले ३ गोलमा सघाएका छन् ।

उनले २७ पटक शट हान्दा लक्ष्यमा १४ पटक निशाना परेको छ । अहिलेसम्म उनले २९४ ओटा पास दिएका छन् ।४ पटक फाउल हानेका छन् । 

लुका मोड्रिक पिच बाहिर र भित्रका नेता
३७ वर्षे मोड्रिकको खेलले उनको उमेरलाई नै माथ दिन्छ । चार वर्ष अघि रुसमा भएको विश्वकपमा क्रोएशियाको फाइनलसम्मको यात्रामा मोड्रिक मुख्य पात्र रहे । फाइनलमा फ्रान्ससँग टिमले ४–२ ले हार्नु पर्यो । तर पनि उनी प्लेयर अफ टुर्नामेन्ट बने अनि गोल्डन बल घर लैजान सके । यो समय गोल्डन बल मात्रै नभएर उपाधि नै घर लैजाने इच्छा उनमा थियो । तर टिमको शुरुआती प्रदर्शन सोचेजस्तो भएन । पहिलो खेलमा नै मोरक्कोसँग ०–० को बराबरी भयो । तर त्यसपछिको खेलमा टिम पुनः लयमा आयो ।

यो विश्वकप गत संस्करणको रनर अप टिमको लागि मानसिक र शारीरिक रुपमा परीक्षा थियो । मोड्रिकले आफ्नो टिमलाई समूह चरणबाट मात्रै होइन एक पछि अर्को गरे नकआउटमा पनि सफल बनाउन सघाए । अन्तिम १६ मा जापानसँग अतिरिक्त समयमा १–१ को बराबरी भएपछि अतिरिक्त समयमा १०० औं मिनेटमा मोड्रिकले टिमलाई अग्रता दिलाएर अन्तिम ८ मा उकाले । विश्वकपको प्रमुख दाबेदार ब्राजिलसँगको क्वाटर फाइनल जम्काभेट निकै अप्ठ्यारो थियो । तर पेनाल्टी शूटआउटमा पाँच पटकको विश्व विजेता क्रोएशियासँग स्तब्ध बन्यो । कतार विश्वकपमा एक गोल पनि नगरेका मोड्रिक गोल्डन बलका पनि अर्का प्रबल दाबेदार हुन् । 

इतिहास कोने क्रममा एमबाप्पे 
करियर जति जति अगाडि बढ्दैछ उति उति एमबाप्पेले कल्पना नै गर्न नसक्ने उत्कृष्टता देखाइरहेका छन् । मैदानमा हरेक पटक उत्रिदा उनी एक दिन फुटबल जगतको महानतम् खेलाडी बन्ने अपेक्षा बलियो बन्दै जान्छ । कतारमा एमबाप्पेले टिमका पल पोबा, करिमा बेन्जामे जस्ता स्टार खेलाडिको अनुपस्थितिलाई बिर्साइदिएको छ । आलिभर जिउरुड र एन्टोनियो ग्रिजम्यानले उपाधी रक्षामा निर्णायक खेलेका छन् । डिसेम्बर १० मा बेलायतलाई हराउन यी दुईको महत्वपूर्ण योगदान छ ।

सो खेलमा काइली वाल्करले एमबाप्पेको चमक घटाइदिएको भएपनि फ्रान्सका यी २३ वर्षिय ठिटो आफ्नो दोस्रो विश्वकप प्रतियोगितामा अझै पनि उत्कृष्ट नै छन् । पाँच खेलमा उनले ५ गोल गरेका छन् भने २ गोलमा योगदान दिएका छन् । प्रतियोगिताको शीर्ष गोलकर्ताको रुपमा गोल्डन बलमा यिनको दाबेदारी अहिलेसम्म बलियो छ । २४ वर्ष अगाडि नै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने उपाधि ब्राजिलका लेजेन्ड खेलाडी पेलेबाट खोस्ने क्रममा यिनी छन् । पेले पछिको उनी दुई उपाधी आफ्नो नाममा पार्ने खेलाडी पनि बन्ने क्रममा छन् । यस पटक फ्रानसले चार वर्ष अघिकै सफलता दोहोर्याइरहेको छ ।

एमबाप्पेले पनि हरेक चरणमा आफ्नो टिमलाई अगाडि लैजान चाहिने प्रदर्शन गरेका छन् । सेमी फाइनलमा मोरक्कोले यिनलाई चम्कने मौकै दिएन । तर अन्तिममा ठाउँ पक्का गर्न २–० का अग्रतामा यिन प्रभावशाली पात्रका रुपमा रहे । एमबाप्पेको अन्तरराष्ट्रिय करियर भर्खरै शुरु भएको छ । तर विश्वकै उत्कृष्ट खेलाडीको उपाधि उनले यस पटक आफ्नो पोल्टामा पार्ने सम्भावना उत्तिकै बलियो छ । 

हाकिम जेइच
कतारमा सबै यूरोपेली टिमलाई धुलो चटाउने मिसनमा मोरक्को थियो । स्पेन र पोर्चुगलसमेत मोरक्कोसामु निरिह भयो । फ्रान्स पनि यही लाइनमा थियो । तर फ्रान्सँग ऊ सेमीफाइनलमा स्तब्ध भयो । अन्तिम चारमा पुग्नै पर्ने टिममा मोरक्को पनि थियो भन्नेमा कसैको पनि दुई मत नहोला । क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई रुँदै रुँदै घर फर्किन बाध्य पारेपछि कतारमा मोरक्को अमर बनेको छ । विश्वकपमा सेमीफाइनलमा पुग्ने ऊ पहिलो अफ्रिकी देश बन्यो । प्रतियोगिताभर मोरक्कोका कयौं खेलाडी चम्किएका छन् । डिफेन्डर अचर्फ हाकिमी र रोमेन साइसका साथै चट्टान झैं बलियो यासिन बुनोले टिममा ठूलो योगदान दिएका छन् ।

कतारमा मोरक्कोले एक गोल पनि खाएन । तर दुःखको कुरा आफ्नै खेलाडीले आत्मघाती गोल गरे । यो विश्वकपमा अर्का एक खेलाडीको प्रदर्शन अभूतपूर्व रह्यो । ती खेलाडी अरु कोही नभएर हाकिम जेइच हुन् ।पोर्चगल विरुद्धको खेलमा  यिनको प्रदर्शनले कयौं समस्या निम्त्यायो । र समूह चरणका खेलमा उनको योगदान उल्लेखय रह्यो । कतारमा बेल्जियमलाई हराउँदै दुबै गोलमा जेइचको नाम आउँछ ।

एउटा गोल उनी आफैंले हाने भने अर्कोमा सघाए । नकआउटमा टिमको स्थान सुनिश्चित गराउन क्यानडा विरुद्धको २–१ को जितमा पनि जेइच पुनः अगाडि आए । तर विश्वकपको फाइनलसम्म पुग्ने एक मात्रै अफ्रिकी देश बन्ने सपना मोरक्कोलो पूरा गर्न सकेन । जेइच र उनका टिममेटहरुले विश्वभरका फुटबल प्रेमीहरुलाई टिमसँग माया लगाउन प्रेरित गरेका छन् । गोल्डन बलमा जेइच पनि सम्भावित उमेदवार हुन् । एजेन्सीहरु 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)