ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वकप जितेपछि सन्यास लिने मुडमा छैनन् मेसी

२०७९ पौष, ४  
अन्तरराष्ट्रिय विश्वकप विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found

दोहा (कतार) । कतारमा चलिरहेको पुरुषतर्फको फिफा विश्वकप फुटबलमा लियोनल मेसीको टिमले उपाधि चुमेको छ । विश्वकप जारी रहँदा यो उनको अन्तिम अन्तरराष्ट्रिय प्रतियोगिता हुने अनि यही मञ्चमा उनले संन्यासको घोषणा गर्ने अनुमान गरिएकाे थियो ।

तर, आइतबार रातिको जितपछि मेसीले आफ्नो अन्तरराष्ट्रिय करियरलाई निरन्तरता दिने भएका छन् । मेसीको साहारामा अर्जेन्टिनाले कतारमा सन् १९८६ यता पहिलो पटक उपाधि चुमेको छ । योे जितको गर्वमा थप केही समय देशका लागि खेल्ने उनकाे भनाइ छ ।

लुसेल रंगशालामा कुनै-कुनै क्षणमा अन्तिम पटक उपाधि चुम्ने मेसीको प्रयास पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको सपनाझैं तुहिने हो कि भन्नेसमेत देखिएको थियो । तर, विश्वकप उचाल्ने पाँचौं पटकको उनको प्रयास कतारमा खेर गएन ।

साविक विजेता फ्रान्ससँगको रोमाञ्चक खेलमा ३–३ को बराबरीपछि पेनाल्टी शुटआउटमा मेसीको टिमले जित हात पारेको हो । यो खेल मेसीको १७२ औं खेल थियो । तर, यो उनको अन्तिम खेल अब हुने छैन । आफूले आफ्नो करियर विश्वकपको उपाधि उचालेर बिट मार्न खोजेको अनि आफूले माग्नुपर्ने अरु केही नभएको विश्वकपमा जितलगत्तै उनले भनेका छन् । उनले टिमलाई कोपा अमेरिकाको उपाधि पनि दिलाइसकेका छन् ।

‘मलाई फुटबल मन पर्छ । राष्ट्रिय टोली, यो समूहको हिस्सा हुँदा मलाई रमाइलो लाग्छ । विश्व विजेताको रूपमा म थप केही खेलको मजा लिन चाहन्छु,’ मेसीले भनेका छन् ।

मेसीले यसअघि भने कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका थिए । छोटो वा मध्यम अवधिमा अन्तरराष्ट्रिय करियरलाई निरन्तरता दिने उनले कुनै संकेत गरेका थिएनन् । तर मेसीले २०२६ को संस्करणका लागि आफूलाई उपलब्ध गराए भने साढे ३ वर्षमा उनले विश्वकप खेल्ने सम्भावना खुलै हुने अर्जेन्टिनी कोच लियोनल स्कालोनीले भनेका छन् ।

त्यतिबेला मेसी ३९ वर्षको हुनेछन् । विश्वकपको आगामी संस्करण अमेरिका, क्यानडा र मेक्सिकोले मिलेर आयोजना गर्दैछन् । अर्को विश्व्कपमा आफूहरुले मेसीको ठाउँ बचाउन जरुरी भएको पनि उनले बताएका छ्न् । मेसीले निरन्तर खेल्न चाहे पनि उनी टिममै हुने पनि स्कालोनीले स्पष्ट पारेका छन् । उनलाई सिकाउनु पाउनु आफ्नो लागि ठूलो कुरा भएको पनि उनले बताए । एजेन्सीहरू

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)