ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कतार विश्वकपमा कसले कति पुरस्कार राशी घर लगे ? 

२०७९ पौष, ४  
अन्तरराष्ट्रिय विश्वकप विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । कतारमा आयोजित फिफा विश्वकप फुटबलको महाकुम्भ सकिएको छ । आइतवार राति भएको रोमाञ्चक खेलमा साबिक विजेता फ्रान्सलाई हराएर अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि चुमेको छ ।

कतारमा आयोजकको हैसियतमा कतार र छनोट भएर आएका ३१ राष्ट्रले विभिन्न ६४ खेल खेलेका थिए । विश्वकपमा विजेताले मात्रै होइन सहभागी हरेक टिमले धेरथोर नगद पुरस्कार पाउँछन् । विश्वविजेता अर्जेन्टिनाले  फिफा विश्वकप ट्रफी पाएको छ । यो ट्रफीको मूल्य २ करोड डलर बराबर छ । 

१८ क्यारेटको सुन जडित उक्त ट्रफीको तौल ६.१ किलोग्राम छ भने उचाई ३६ दशमलव ८ सेन्टिमिटर । विश्वकप विजेताले उपाधिको साथसाथै ४ करोड २० लाख डलर पनि पाएको छ । अघिल्लो विश्वकपको विजेताको तुलनामा यस पटकको विजेताको पुरस्कार राशी ४० लाख डलर बढी छ ।

यस पटक उपविजेतामा समेटिएको साबिक विजेता फ्रान्सले पनि ३ करोड डलर हात पारेको छ । यो विश्वकपमा फिफाले ४४ करोड डलर पुरस्कार राशीको रुपमा छुट्याइएको थियो । यो अघिल्लो संसकरणको भन्दा ४ करोड डलर धेरै हो । पछिल्ला ४० वर्षमा विश्वकपमा पुरस्कार राशी निरन्तर बढेको छ । 

विश्वकपमा पहिलो र दोस्रो हुने टिमले त करोडौं डलर नगद पुरस्कार पाएका छन् । तेस्रो देखि ३२ औं स्थानमा चित्त बुझाउने टिमले पनि नगद पुरस्कार थापेका छन् । सेमिफाइनलबाट बाहिरिने टिम क्रोएसियाले २ करोड ७० लाख डलर र चौथोमा सीमित भएको मोरक्कोले मोरोक्को २ करोड ५० लाख डलर पाएको छ । क्वार्टरफाइनलबाट बाहिरिएको पोर्चुगल, ब्राजिल,  नेदरल्यानड र बेलायतले पनि १ करोड ७० लाख डलर घर लगेका छन् ।

अन्तिम १६ बाट बाहिरिएको स्वीटजरल्याण्ड, स्पेन, पोल्यान्ड, सेनेगल, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका र जापानले पनि १ करोड ३० लाख / १ करोड ३० लाख डलर हात पारे । समूह चरणबाट बाहिरिने घाना, उरुग्वे लगायत सबै टिमले पनि ९० लाख डलर पाएका छन् । एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)