काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार सम्पन्न सभाले सन्राइज क्यापिटल लिमिटेडका विजयलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकाल, महासचिवमा एनआईसी एसिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकका मनीषनारायण जोशी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा नागरिक लगानी कोषका नारायणप्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली, नेपाल लाइफ क्यापिटलका नवीन बास्कोटा र मानार्थ सदस्यका रूपमा एनआईबीएल एस क्यापिटलका मेखबहादुर थापा चयन भएका छन् ।