काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवाका ३५० सहित ५६० कर्मचारीका लागि दरखास्त खुलाएको छ ।
आयोगले शुक्रवार सूचना जारी गर्दै प्रदेशमा स्वास्थ्य सेवामा ४७ र कृषि सेवामा ३ गरी ५० र स्थानीय तहमा स्वास्थ्य सेवामा ३०३, इन्जिनियरिङ सेवामा ११२, कृषि सेवामा ७१ र विविध सेवामा २४ जना गरी ५१० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । ती पदको पदपूर्ति खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट गरिने सूचनामा उल्लेख छ ।
ती पदमा आवदेन दिन चाहने योग्य उम्मेदवारले आगामी पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना