काठमाडौं । ज्योति विकास बैंकले प्रदेश १ का तीन अस्पताललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खोटाङको बाक्सिला स्वास्थ्य चौकी, ओखलढुंगाको सामुदायिक अस्पताल र इलामको जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो । बेबी वार्मरले नवजात शिशुको शरीरको तापक्रम उचित राख्न मद्दत गर्ने बैंकको भनाइ छ ।
ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट ती अस्पतालका पदाधिकारीलगायतको उपस्थितिमा बेबी वार्मर हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा अस्पतालका डाक्टर, नर्स र कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी तालीम पनि दिइएको बैंकको भनाइ छ ।
बैंकले महावीर पुनले सञ्चालन गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा पछिल्लो २ वर्षमा विभिन्न २३ अस्पताललाई बेबी वार्मर सहयोग गरेको बैंकले बताएको छ ।