ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बच्चा बेचेर कार किन्ने आमा

Jan 1, 2010  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कात्तिक २५, फ्लोरिडा (अमेरिका) । नयाँ कार किन्नका लागि आफ्नो बच्चा बेच्न खोजेको अभियोगमा फ्लोरिडाकी एक महिलालाई गिरफ्तार गरिएको छ ।

फ्लोरिडाको कानून विभागका अनुसार बच्चाकी हजुरआमाले शुरूमा ७५ हजार डलर माग गरेकी थिइन् । तर, पछि सम्भावित क्रेताले बैङ्क ऋण नपाउने भएपछि ३० हजार डलरमा बेच्ने सहमति भएको थियो । आठ हप्ताको उक्त बच्चाकी आमा फ्लोरिडा ब्राण्डेण्टन निवासी २२ वर्षीया स्टेफानी बिगबी फ्लेमिङ्गले चाहिँ ९ हजार डलर पाउने तय भएको थियो ।

कानून विभागकी प्रवक्ताले भनिन्, 'बच्चा बेचेर आएको पैसाले नयाँ गाडी किन्ने फ्लेमिङ्गको योजना थियो ।' अभियोगपत्रका अनुसार चालक अनुमतिपत्रको परीक्षणकाल उल्लङ्घन गरेको एउटा छुट्टै मुद्दामा अदालतको दस्तुर तिर्न पनि फ्लेमिङ्गलाई पैसा चाहिएको थियो ।

फ्लेमिङ्गलाई गत मङ्गलवार पक्राउ गरिएको थियो । बच्चाकी ४५ वर्षीया हजुरआमा प्याटी बिगबीलाई चाहिँ उनको प्रेमी ४२ वर्षीय लरेन्स वर्क्ससँगै फ्लोरिडाको होली हिल भन्ने ठाउँबाट पक्राउ गरिएको थियो ।

तीनैजनालाई बच्चाको अवैध विक्री गरेको अभियोग लगाइएको छ । बिगबीलाई चाहिँ गलत सूचना दिएको पनि अभियोग लगाइएको छ । पक्राउ प्रतिवेदनका अनुसार बिगबीले गत अक्टोबरमा एक नातेदारसँग बच्चाको विक्री गर्ने प्रस्ताव राखेकी थिइन् । उक्त नातेदारले पुलिसलाई खबर गरिन् र लेनदेन प्रक्रियामा पनि सहभागी भइन् ।

बिगबी र वर्क्सलाई ३० हजार डलरको चेक लिएर छद्म भेषमा गएको प्रहरी प्रतिनिधिमार्फत बच्चालाई हस्तान्तरण गर्दागर्दै डेटोनाबीचको कार पार्क गर्ने ठाउँबाट पक्राउ गरिएको थियो । बच्चालाई अहिले राज्यको रेखदेखमा राखिएको छ । रोयटर्स

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)