काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरिएको छ । कम्पनीले विक्री प्रबन्धकमा नागरिक लगानी कोष र विक्री सह प्रबन्धकमा सन्राइज क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले १:१ को अनुपातमा साविकका शेयरधनीलाई रू. १०० अंकित मूल्य रहेको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।