ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय जातका गाईगोरु पाल्नेलाई नगद अनुदान दिँदै स्थानीय सरकार, उद्देश्य के ?

२०७९ मंसिर, २७  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

म्याग्दी । म्याग्दीको जलजला गाउँपालिकाले गाईगोरु पाल्नेलाई अनुदान दिने भएको छ । पालिकाले स्थानीय गाईगोरु संरक्षण कार्यक्रम अन्तर्गत किसानलाई अनुदान दिएर संरक्षणको पहल शुरू गरेको हो । 

धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाई र गोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । स्थानीय गाई/गोरु संरक्षण कार्यक्रममार्फत् अनुदान वितरणका लागि प्रस्ताव आह्वान गरिसकिएको उनको भनाइ छ । 

आधुनिक र व्यावसायिक पशुपालन तथा कृषि प्रवर्द्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो । 

आर्थिक वर्ष २०७९÷८० मा चार सयवटा गाईगोरुका लागि रु चार लाख अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ । अनुदानका लागि आवेदन दिने किसानले गाईगोरुको बीमा अनिवार्य गर्नुपर्ने हुन्छ । जलजला–७ धाइरिङमा समुदायस्तरबाट गौशाला सञ्चालन गरेर स्थानीय जातको गाई पालिएको छ । 

गाउँपालिकाले चालू आवमा दूध सङ्कलन गर्ने ११ ओटा समूह र सहकारीका लागि आवश्यक सामग्री उपलब्ध गराउन १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने गत आवमा स्थापना भएको गाईभैँसी पकेट विकास कार्यक्रमको निरन्तरताका लागि १२ लाख र नयाँ पकेट स्थापना गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

दूध सङ्कलन केन्द्र तथा सामग्री स्थापना कार्यक्रमका लागि समूह सहकारीबाट आवेदन माग गरिएको पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले बताए । यसअघिका वर्षमा गाउँपालिकाले कृत्रिम गर्भाधानबाट जन्मिएका गाईको बाच्छाबाच्छी र भैँसीका पाडापाडी हुर्काउने कृषकलाई पशुको सुत्केरी भत्ता, गोठ र बाख्राको खोर सुधारमा अनुदान दिएको थियो ।-रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)