ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बैंकर्स संघको २६औं वार्षिक साधारणसभा सम्पन्न

२०७९ मंसिर, २८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल बैंकर्स संघको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले कार्यकारिणी समितिका तीन जना सदस्य निर्विरोध चयन गरेको छ । तीन जना निर्वाचित सदस्यहरूमध्ये नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला पुन: निर्वाचित भएका हुन् । अर्काे एक जना सदस्य एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ चयन भएका छन् ।

संघले साधारणसभाको अवसरमा पूर्वगभर्नर डा. तिलक रावललाई सम्मानसमेत गरेको थियो । उनलाई बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सम्मानपत्र दिइएको संघले जानकारी दिएको छ । डा. रावलले नेपाल राष्ट्र बैंकको गभर्नर, संविधानसभाका सदस्य, नेपाल बैंकर्स संघका अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी अध्यक्ष, कृषि विकास बैंकका महाप्रबन्धकलगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरूको विभिन्न ओहोदामा रही समस्त अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विकासका लागि चार दशकभन्दा बढी समय योगदान गरेको संघको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)