ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशुपति क्षेत्र विकास कोषलाई एसबिआई बैंकको सहयोग

२०७९ मंसिर, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाल एसबिआई बैंकले पशुपति क्षेत्र विकास कोषलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर सहयोग गरेको हो । बैंककी अध्यक्ष जयती बंसलले कोषलाई ब्रुमर हस्तान्तरण गरिन् । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक एवम् प्रमूख कार्यकारी अधिकृत दीपककुमार दे, निर्देशक पिनाकीनाथ बेनर्जी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, नयाँ व्यवसाय सल्लाहकार छपिराज पन्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत कर्मचारीको सहभागिता थियो । सो क्रममा पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डाँडामा बैंक अध्यक्ष बंसलले वृक्षरोपण पनि गरिन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)