ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा बैंक र यूएसएआईडी ट्रेड एण्ड कम्पेटिटिभनेस एक्टिभिटीबीच सम्झौता

२०७९ मंसिर, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंक र यूएसएआईडी ट्रेड एण्ड कम्पेटिटिभनेस एक्टिभिटीबीच सम्झौता गरिएको छ । विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँच सक्षम बनाउन बृहत् तथा दिगो स्तरका कार्यक्रमलाई गति दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो ।

‘यस सम्झौताले नेपालभित्र र बाहिरका आर्थिक गतिविधिहरूमार्फत विभिन्न अवसर सृजना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाँच वर्ष अवधिको ‘यूएसएआईडी ट्रेड एण्ड कम्पेटिटिभनेस एक्टिभिटी’ कार्यक्रमले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजीक्षेत्रलाई उच्च गुणस्तर, निर्यात प्रवद्र्धन र रोजगारीका अवसर सृजनामा प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

त्यसैगरी आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता बढाउने लगायतका लक्ष्य समेत रहेको बैंकले बताएको छ । कार्यक्रमले लगानीमैत्री वातावरण सृजनामा समेत सघाउने अपेक्षा गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले दुई संस्थाबीचको सहकार्यले सानिमा बैंकलाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवाहरूमा पहुँच बढाउन मद्दत मिल्ने बताए । विशेषगरी लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्न सक्षम बनाउने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)