ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु क्यापिटलको फ्री डिम्याट ‘न्यानो स्पेशल अफर’ सार्वजनिक

२०७९ मंसिर, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु क्यापिटलले फ्री डिम्याट ‘न्यानो स्पेशल अफर’ सार्वजनिक गरेको छ । जाडो मौसमलाई लक्षित गर्दै कम्पनीले घरमै बसेर अनलाइनमार्फत नि:शुल्क डिम्याट खाता खोल्न सकिने योजना ल्याएको हो । ‘हेली राइडको सफर विथ प्रभु क्यापिटलको न्यानो स्पेशल अफर’ नारासहित नि:शुल्क डिम्याट खाता खोल्ने अवसर दिइएको कम्पनीले बताएको छ । उक्त अफर पुस १ देखि चैत ३० गतेसम्म लागू हुनेछ । अफर अन्तर्गत ग्राहकले १ वर्षका लागि नि:शुल्क डिम्याट खाता तथा मेरो शेयरको सुविधा पाउनेछन् । योजना अवधिमा खाता खोल्ने ग्राहकमध्ये १० जना विजेताले अतिरिक्त सुविधा पाउनेछन् । अतिरिक्त सुविधा अन्तर्गत आजीवन नि:शुल्क डिम्याट सुविधा रहेको छ । साथै एकजना विजेताले हेलिकोप्टरमा गोसाइँकुण्ड जाने अवसर पाउने कम्पनीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)