ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम

२०७९ मंसिर, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संखुवासभाको मादी नगरपालिका र  धनकुटाको पाख्रिवास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा र हिले शाखाले संयुक्त रूपमा कार्यक्रम गरेका हुन् । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षकहरू, शिक्षा शाखा प्रमुख, व्यवसायी, विद्यार्थी तथा महिलाहरू गरी करीब ७० जनाको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

सहभागीहरूलाई बंैक, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाका लागि व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियतपूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी तथा त्यसका नकारात्मक असरलगायत विषयमा जानकारी गराइएको थियो । साथै सफा नोट नीति र नोटलाई जतन गर्ने तरीकाबारे पनि सहभागीहरूलाई जानकारी गराइएको बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)