काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । उपमहानगरपालिकाले विहीवार एक दैनिक पत्रिकामा सूचना जारी गर्दै कृषि अधिकृत पदमा १ जना, पशुचिकित्सक पदमा १ जना, सिभिल इन्जिनियर पदमा १ जना, सहायक कम्प्युटर अपरेटर पदमा ३५ जना, नगर प्रहरी १० जना, फायर मैन सिपाही १० जना, कुचीकार पदमा ५० जना गरी अन्य सबै पदका लागि १५७ जना कर्मचारीको लागि दरखास्त खुलाएको हो ।
उपमहानगरपालिकाले योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई सूचना प्रकाशित भएको १५ दिनभित्र उपमहानगरपालिकाको प्रशासन शाखामा आवेदन गर्न आह्वान गरेकाे छ । अन्य जानकारीका लागि उपमहानगरपालिकाको वेवसाइटमा हेर्न सकिनेछ ।
हेर्नुहोस् सूचना :