काठमाडौं । काठमाडौं महानगपालिकाले आफ्नो २८ औं महानगर दिवस मनाएको छ ।
बसन्तपुर डबलीमा आयोजित २८ औं काठमाडौं महानगर दिवस कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरी, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र काठमाडौं- २ बाट नवनिर्वाचित सांसद सोविता गौतमको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा महानगरले विभिन्न विभागबाट राम्रो काम गरेका व्यक्तिहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको थियो ।
कला र संस्कृति झल्किने हस्तकला सामग्री प्रदर्शनीमा राखिएको थियो ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान