ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राइम बैंकको स्वतन्त्र सञ्चालकमा चित्रकार

२०७९ पौष, १  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । प्राइम कमर्शियल बैंकको स्वतन्त्र सञ्चालकमा प्राध्यापक डा. तारादेवी चित्रकारलाई नियुक्त गरिएको छ । बिहीवार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार उक्त पदमा नियुक्त गरेको हो ।

नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी चित्रकारसँग त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समय प्राध्यापन गरेको अनुभव छ । यसैगरी बैंकको बिहीवार नै बसेको अर्को बैठकबाट गतवर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट करसहित ८ दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकको गतवर्षको नाफा १ अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँ छ । बैंकले  प्रतिशेयर ४ प्रतिशतका दरले बोनस शेयर र प्रतिशेयर ४ दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि प्रदान गरिने  बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)