ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वज्योति सिनेप्लेक्समा सनराइज बैंकका ग्राहकलाई छूट

२०७९ पौष, १  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । विश्वज्योति सिनेप्लेक्समा सनराइज बैंकका ग्राहकले छूट पाउने भएका छन् । बैंकका ग्राहकले दुई टिकट खरीद गर्दा थप एउटा निःशुल्क पाउने भएका हुन् । त्यसका लागि दुई संस्थाबीच बिहीवार सम्झौता गरिएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले   विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरिएको बैंकले जानकारी दिएको छ । सम्झौता आज (शुक्रवार)देखि आगामी फागुन मसान्तसम्म लागू हुने बैंकको भनाइ छ ।

बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर जुनसुकै चलचित्रको दुईओटा टिकट खरीदमा एउटा टिकट निःशुल्क पाउनेछन् । छूट पाउन ग्राहकले टिकट खरीदबापतको रकम बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)