काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । निगमले शुकवार सूचना जारी गर्दै रिक्त पदहरूमा खुला प्रतियोगताद्वारा स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
निगमले वरिष्ठ प्राविधिक अधिकृत पदमा ७ जना, अधिकृत पदमा २८ जना, लेखा अधिकृत पदमा ११ जना, वरिष्ठ सहायक पदमा २२ जना र अन्य पद गरी कूल १३८ जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।
यीमध्ये केही पदमा एसईई उत्तीर्णले पनि आवेदन दिन पाउनेछन् । केही पदमा भने स्नातक उत्तीर्णको योग्यता मागिएको छ ।
योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त बुझाउन निगमले अनुरोध गरेको छ ।
हेर्नुहोस् सूचना