काठमाडौं । कृषि बिकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । आइतवार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । नवनियूक्त अध्यक्ष दुवाडीसँग विभिन्न संघसंस्थाको सञ्चालक समितिमा सदस्य रहेर काम गरेको अनुभव छ ।
उनलाई आइतवार नै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन अनुसार नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथग्रहण गराउनु पर्ने प्रावधानअनुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् । सथप ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्तीप्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्य डा. इन्दिरा मास्के श्रेष्ठ, विनोद कुमार गुरागाईं, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलको पनि उपस्थिति थियो ।