काठमाडौं । मञ्जुश्री फाइनान्सले अनलाइनमार्फत खाता खोल्न सकिने व्यवस्था गरेको छ । सोमवारदेखि उक्त सेवा शुरू गरेको कम्पनीले ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमासमेत ल्याएको छ । फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानी सेवा, क्यूआर कोड भुक्तानी सेवा, मोबाइल बैंकिङ, एटीएम कार्डलगायत सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले गत मङ्सिरसम्ममा रू. १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा रू. ११ अर्ब ७४ करोड कर्जा लगानी गरेको बताएको छ ।