ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरिमाको ‘फरेन इम्प्लोयमेन्ट आईपीओ एकाउन्ट’ सञ्चालन

२०७९ पौष, ५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै गरिमा विकास बैंकले ‘फरेन इम्प्लोयमेन्ट आईपीओ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ एवम् शेयर बजारसम्म पहुँच पुर्‍याउने उद्देश्यले उक्त एकाउन्ट सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने संस्थाले १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्ट्याउनैपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार आईपीओ भर्न ग्राहकलाई आवश्यक पर्ने सी–आस्बा सुविधा दिन बैंकले उक्त खाता सञ्चालनमा ल्याएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंकको वेबसाइटमार्फत अनलाइन खाता खोल्न र डिम्याट, सी–आस्बा तथा मेरो शेयरको सुविधा पाउन सक्ने बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)