ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइएमई र एसबिआई बैंकबीच सम्झौता

२०७९ पौष, ५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल एसबिआई बैंक र आइएमईबीच सम्झौता गरिएको छ । आइएमईका विभिन्न शाखा, प्रतिनिधि कार्यालय तथा एजेन्टमार्फत पठाइएको रेमिट्यान्स बैंकका शाखामार्फत पाउन सकिने गरी दुई संस्थाले सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याल र आइएमई समूहका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलको उपस्थिति थियो । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)