काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न ‘दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टिेड एनुअल रिपोर्ट अवार्ड्स २०२१’ अन्तर्गत बैंक तथा वित्तीय सेवातर्फ मुक्तिनाथ विकास बैंक सो अवार्डबाट सम्मानित भएको हो ।
साफाले विभिन्न विधाहरूमा अवार्ड प्रदान गरेको थियो । दक्षिण एसियाली देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई सो संस्थाको समितिले गरेको मूल्यांकनका आधारमा अवार्डका लागि छनोट गरिएको बताइएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनका लागि साफामा पठाएको थियो । अवार्डको प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरे । बैंक तथा वित्तीय संस्थाको वार्षिक प्रतिवेदनको उत्कृष्टताका आधारमा दिइने उक्त अवार्ड प्रतिष्ठित सम्मान मानिन्छ ।