ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संसद् भवनमा आज एकसाथ गुञ्जिनेछन् १५ भाषा

२०७९ पुस, ७  
समाचार र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिँदै छन् । बिहीवार दिउँसो १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शपथ हुनेछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सांसदहरूलाई शपथ खुवाउनेछन् । उनले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।

संघीय संसद् सचिवालयका अनुसार आज २५ जना सांसदले विभिन्न १४ भाषा (मातृभाषा)मा शपथ लिँदैछन् । अन्य सांसदहरूले भने नेपाली भाषामा शपथ लिने सचिवालयले जनाएकाे छ । अर्थात् शपथ समारोहमा नेपालीसहित १५ भाषा एकसाथ गुञ्जिनेछन् । 

को कुन भाषामा शपथ लिँदै ? 

सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिँदैछन् । यस्तै, महिन्द्र राय यादवले हिन्दी, सूर्यमान तामाङ, मीना तामाङ, हितबहादुर तामाङले तामाङ भाषामा शपथ लिने बताइएको छ । सांसद सराज अहमद फारूकीले उर्दू भाषामा शपथ लिने संघीय संसद् सचिवालयले जनाएको छ । 

यसैगरी, सांसद रामसहायप्रसाद यादव, उमरादेवी यादव र प्रदीप यादवले भोजपुरी, असिम साहले मुश्लिम, अशोककुमार चौधरी, लालवीर चौधरी, गंगाराम चौधरी, अरूणकुमार चौधरी, रूपा चौधरीले थारू भाषामा शपथ लिने जानकारी गराएका छन् । 

सांसद कान्तिका सेजुवालले नेपाली खस, लक्ष्मी तिवारीले अवधी, रन्जुकुमारी झा र मनिष झाले मैथलीमा शपथ लिँदैछन् । 

दुर्गा राईले कोयू र विनिताकुमारी सिंह, सिके राउत, अनिता देवीले मधेशी, सुमना श्रेष्ठले नेपाल र सोनु मुर्मुले सन्याली भाषामा शपथ लिने भएका छन् । अरू सांसदहरूले भने नेपाली भाषामा शपथ लिने सचिवालयले जनाएको छ । 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट २७५ जना सांसद निर्वाचित भएका छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)