काठमाडौं । राजधानीका मलदेखि रेष्टुरेन्टसम्म सजिसजाउ थिए । कहीँ कन्सर्ट भएको थियो । कारण थियो- क्रिसमस ।
क्रिसमसका अवसरमा आज राजधानीका मल, सुपरमार्केट क्रिसमसमय बनेका थिए । बाहिर राखिएका क्रिसमस ट्रीमा फोटो खिच्ने युवायुवती पनि देखिन्थे ।
विश्वभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा यो पर्व मनाउने गर्छन्। अंग्रेजी पात्रो अनुसार २५ डिसेम्बरदेखि १२ दिनसम्म यो पर्व मनाइने गरिन्छ ।