काठमाडौं । आइतवार अपराह्नसम्म पाँचौं कार्यकालको प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमवार छैटौं कार्यकालको शपथ लिने योजनामा थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ देउवाकै गठबन्धनमा हुनुहुन्थ्यो ।
प्रचण्डले पहिलो कार्यकाल आफू प्रधानमन्त्री हुनुपर्ने अडान लिएपछि देउवा त्यसमा लचिलो भएनन् । राष्ट्रपति र प्रधानमन्त्री दुवै आफूले पाउनुपर्छ भनेपछि आइतवार दिउँसो नयाँ राजनीतिक घटनाक्रम विकास भयो ।
२ वर्षदेखि कटु आलोचक रहेका दाहाल र ओली मिलेपछि आइतवार साँझ दाहाल प्रधानमन्त्री नियुक्त हुनु भयो । सोमवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भयो ।
निवर्तमान प्रधानमन्त्रीका हैसियतमा शपथ ग्रहण समारोहमा पुगेका देउवा र प्रधानमन्त्री दाहालबीच केही कुराकानी भएको तस्वीरमा देख्न सकिन्छ । ती तस्वीरमा देउवाले मन अमिलो बनाएको पनि प्रष्टै देखिन्छ ।
मुखैमा आएको प्रधानमन्त्री पद गुमेपछि देउवाको चुकचुकी हेर्नलायक देखिन्छ । शपथ ग्रहण समारोहका केही तस्वीरहरू :
तस्वीरहरू : सुनिल शर्मा / आर्थिक अभियान